माओवादी स्थायी कमिटी बैठक : नेताहरूले उठाएका प्रश्नको प्रचण्डले जवाफ दिने

बिहीबारबाट जारी सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज पनि बस्दै छ । बैठक आज दिउँसो १ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्नेछ ।

आज माओवादी विशेष रूपान्तरण अभियानमा उत्कृष्ट काम गरेर खटिनेहरूलाई सम्मान र काममा नजानेहरूलाई कारबाही गर्ने कार्यक्रम छ । उत्कृष्ट र काम नगर्ने तीन÷तीन जनाको नाम सार्वजनिक हुनेछ ।

साथै बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राजनीतिका बारेमा नेताहरूले उठाएको धारणाको जवाफ दिने कार्यक्रम रहेको पार्टी प्रवक्ता एवं उपाध्यक्ष अग्निप्रसाद सापकोटाले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *