
साम्राज्ञी र धिरजलाई लिएर चलचित्र रुमानी रङ्ग बन्ने


चलचित्र रुमानी रङ्ग निर्माण हुने भएको छ । बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्र निर्माणको घोषणा गरिएको हो ।
चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज मगरको मुख्य अभिनय रहनेछ । चलचित्र घोषणा कार्यक्रममा बोल्दै अभिनेत्री शाहले एक वर्षसम्म स्क्रिप्ट राम्रो नपाएकाले फिल्ममा साइन नगरेको र अहिले भने सबैकुरा राम्रो फेला परेकाले रुमानी रङ्गमा अभिनय गर्न तयार भएको बताइन् । उनले चलचित्र सम्बन्धमा रमाइलो र सहज मात्रै नहुने भएको बताइन् । अभिनेता धिरज मगरले नेपालमा लभ स्टोरी फिल्म धेरै कम आइरहेको बेलामा यो चलचित्र बन्नुले राम्रो सन्देश जाने बताए ।
चलचित्र अस्ट्रेलियामा छायांकन हुनेछ । चलचित्र हरि मल्ल ठकुरी र जिएम ठकुरीले निर्माण गर्न लागेका हुन् ।
प्रतिक्रिया