बालकुमारी घटनाको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै अनेरास्ववियुकाे प्रदर्शन
१० फागुन २०८० १०:३५
एमालेको भातृ संगठन अनेरास्ववियुले आज देशैभरका क्याम्पस अगाडि थाल बजाएर प्रदर्शन गरेको छ । बालकुमारी घटनाको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै देशैभरका क्याम्पसबाट खबरदारी प्रदर्शन गरेको हो ।
ललितपुरस्थित पाटन क्याम्पस अगाडि गरिएको प्रदर्शनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको राजीनामा पनि माग गरिएको थियो ।
प्रतिवेदनमा मन्त्री ज्वालालाई दोषी करार गरिएको भएपनि राजीनामा नदिएको भन्दै नेकपा एमालेले समेत विरोध गर्दै आएको छ ।
प्रतिक्रिया