राष्ट्रिय आकाङ्क्षा पूरा गर्न लोकतान्त्रिक मूल्यमान्यता आत्मसात् जरुरी : अध्यक्ष तिमिल्सिना

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रजातन्त्र दिवस-२०८० को शुभ अवसरमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गर्नका लागि लोकतान्त्रिक मूल्यमान्यतालाई आत्मसात् जरुरी भएको बताएका छन् ।

अध्यक्ष तिमिल्सिनाले एक शुभकामना सन्देश जारी गर्नुहुँदै संविधानले समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्पसहित सङ्घीयता, धर्मनिरपेक्षता, लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक हक तथा मानवअधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता र स्वतन्त्र, सक्षम र निष्पक्ष न्यायपालिकाजस्ता आधारभूत विशेषतालाई संविधानको प्रस्तावनामा अङ्गीकार गर्दै न्याय र समानतामा आधारित समाजवादेन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको उल्लेख गरे।

शुभकामना सन्देशमा कठिन सङ्घर्ष, चुनौती त्याग र बलिदानको फलस्वरुप निरंकुश राणाशासनको अन्त्य भएको दिनको सम्झनामा प्रत्येक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने उल्लेख छ । नेपाली जनताको प्रजातन्त्रप्रतिको समर्पित भावना र दृढ इच्छाशक्तिकै कारण प्रजातन्त्रको स्थापना सम्भव भएको उनको भनाइ छ ।

नेपालको एक सय चार वर्ष लामो निरङ्कुश तथा जहानिय तानाशाही राणाशासनको अन्त्य गरी प्रजातन्त्र स्थापनाका लागि आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने अमर सहिदहरूप्रति अध्यक्ष तिमिल्सिनाले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर