
दूरसञ्चार प्राधिकरण : अध्यक्ष नियुक्तिका लागि सरकारलाई बाटो खुला


नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्ति प्रक्रिया लागि सरकारलाई बाटो खुला भएको छ।
सोमबार सर्वोच्च अदालतले प्राधिकरणको अध्यक्ष नियुक्ति प्रक्रिया रोक्न माग गर्दै दायर रिटमा अन्तरिम आदेश नदिएसँगै अध्यक्ष नियुक्तिका लागि बाटो खुला भएको हो।
न्यायाधीशद्धय सुष्मालता माथेमा र नहकुल सुवेदीको इजलासले अन्तरिम आदेश नदिएपछि सरकारलाई प्राधिकरणको अध्यक्ष नियुक्ति प्रक्रियाका लागि बाटो खुलेको हो।
सरकारले अध्यक्ष नियुक्तिका लागि विभिन्न व्यवस्थाहरू नगरेको भन्दै केही अधिवक्ताहरूले सर्वोच्चमा रिट दायर गरेका थिए।
प्रतिक्रिया