
सर्वोच्चले नचिनेको ‘जनयुद्ध’ शब्द अनि प्रधानमन्त्री प्रचण्डको जनयुद्ध दिवस मनाउने उद्घोष

माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि अर्थात फागुन १ गते जनयुद्ध दिवस मनाउने उद्घोष गरेका छन्।
सोमबार माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री प्रचण्डले भोलि अर्थात फागुन १ गते जनयुद्ध दिवस मनाउने उद्घोष गरेका हुन्।
प्रधानमन्त्री प्रचण्डको भनाईलाई उदृत गर्दै बैठकमा सहभागी एक नेताले भने,‘अदालतको सम्मान गर्छौं, भोलि जनयुद्ध दिवस पनि मनाउछौँ।’
तर, केही दिन अगाडि सर्वोच्च अदालतले फागुन १ गते जनयुद्ध दिवसको अवसरमा बिदा दिने निर्णय खारेज गरेको थियो। सर्वोच्चले फैसला गर्दै ‘जनयुद्ध’ शब्द संविधानले नचिन्ने पुष्टि गरेको थियो।
यस्तै, गृह मन्त्रालयले पनि भोलि सार्वजनिक बिदा नरहेको जनाएको छ।
प्रतिक्रिया