घरजग्गाको कित्ताकाट खुल्दा सर्वसाधारणलाई धेरै ठूलो टेवा पुगेको छ : महासचिव घिमिरे

नेपाल जग्गा तथा आवास विकास महासंघका महासचिव ध्रुव घिमिरेले सरकारले जग्गाको कित्ताकाट खुलाउँदा सर्वसाधारणलाई धेरै ठूलो टेवा पुगेको बताएका छन् ।

शनिवार पोखरामा भएको नेपाल जग्गा तथा आवास विकास महासंघको दोसो वार्षिक महासभामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपालभर घरजग्गा तथा आवास विकासको क्षेत्रलाई आफ्नो पेशा तथा व्यवसाय बनाइ व्यवसाय गर्दै आएका व्यवसायीहरुले भोग्नुपरिरहेका विभिन्न समस्याहरुको समाधानका लागि प्रयासरत रहनुपर्ने बताए ।

उनले आफ्नो उद्देश्य प्राप्तिको लागि हामी सबै व्यवसायीहरु एकजुट भइ अघि बढ्नुपर्ने आहिलेको आवश्यकता भएको बताए । बैंकमा अथाह पैसा भएपनि राष्ट्र बैंकले लगानी गर्ने वातावरण बनाइदिन नसकेको बताए ।

उनले सबै एक भएर आफ्ना हक अधिकारको बारेमा लड्न आवश्यक रहेको बताए । उनले घररजग्गा व्यवसायीलाई लाइसेन्स दिनुपर्ने भन्दै आन्दोलन गरेर हालै मात्र सरकारले लाइसेन्स सिस्टमबाट मात्रै घरजग्गा कारोबार गर्नुपर्ने विधेयक पास भएकाले यो निर्णय सकारात्मक रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *