
टीकापुर जग्गा प्रकरण : विशेष अदालतमा मुद्दा चलाउने निर्णय

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले टीकापुर जग्गा घोटाला प्रकरणमा मुद्दा चलाउने निर्णय गरेको छ।
बिहीबार बसेको अख्तियारको बैठकले टीकापुर जग्गा घोटाला प्रकरणको मुद्दा विशेष अदालतमा लैजाने निर्णय गरेको हो।
उक्त जग्गा घोटाला प्रकरणको फाइल बिहीबार नै विशेष अदालतमा पठाइसकिएको स्रोतले बताएको छ।
कैलालीको टीकापुर बजार क्षेत्र वरिपरिको झण्डै ३० बिघा (६ सयकट्ठा) सरकारी जग्गा टीकापुर विकास समितिका पदाधिकारी भनिने राजनीतिक कार्यकर्ताले नेता, आफन्त र दलका कार्यकर्तालाई वितरण गरेको भेटिएको थियो।
पञ्चायतकालमा टीकापुर क्षेत्रको विकास गर्ने असल उद्देश्यले स्थापित टीकापुर विकास समितिका पदाधिकारीले बहुदलीय शासन प्रणाली स्थापना भएयता जग्गा वितरणमा मनपरी गरेको भेटिएको अख्तियारको निष्कर्ष छ।
सो प्रकरणमा अख्तियारले धेरैजनासँग बयान लिइसकेको छ।
- सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन जरूरी : प्रहरी महानिरीक्षक थापा
- तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले पठायो बजेट
- यी हुन् सशस्त्र प्रहरी महानिरीक्षक कप अन्तर्गत मंगलबार सम्पन्न खेल
- सल्लाह गरेरै डण्डि र सिमेन्ट व्यवसायीहरुले निर्माण व्यवसायमा सिन्डिकेट लगाउन खोजे : रवि सिंह
प्रतिक्रिया