कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच आज वार्ता हुँदै

कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच आज वार्ता हुने भएको छ । पहिचान सहितको कोशी प्रदेशको पुनःनामाङकन गरिनुपर्ने लगायत माग गर्दै आन्दोलन गर्दै आएको समितिले आज सरकारसँग वार्ता गर्न लागेको हो ।

पहिचान पक्षधरहरुले सरकासँग वार्ताका लागि ११ सदस्यीय समिति गठन गरेको छ । प्रदेश सरकार र पहिचान पक्षधरबीचको वार्ता दिँउसो ३ बजेपछि विराटनगरमा सुरु हुनेछ । ६ माघमा बसेको मन्त्रिपरिषदको बैठकले पहिचान पक्षधरसँग वार्ता गर्न भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जवेगुको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको थियो । वार्ता समितिको सदस्यमा पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेती र सदस्य सचिवमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल छन् । वार्ता टोलीले १२ माघमा संयुक्त संघर्ष समितिलाई वार्ताका लागि पत्र पठाएको थियो ।

२४ माघमा बसेको संयुक्त संघर्ष समितिको बैठकले वार्तामा जाने निर्णय गर्दै वार्ता समिति गठन गरेको थियो । समितिले आज सरकारसँग वार्ता गर्ने पहिचान पक्षधर नेता अर्जुन जम्नेली राईले बताए ।

गत फागुन १७ गतेको प्रदेश सभा बैठकले प्रदेशको नाम कोशी पारित गरेपछि पहिचान पक्षले पुनःनामकरणको माग गर्दै विरोध गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर