सहकारी प्रकरण : महर्जनविरुद्ध रेड नोटिस जारी
२३ माघ २०८० १८:३७
सुमेरु सेभिङ एण्ड क्रेडिट सहकारीको रकम हिनामिना गरेको आरोपमा भरत महर्जनविरुद्ध रेड नोटिस जारी भएको छ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान थालेका
उनीविरुद्ध चार दिनअगाडि रेड नोटिस जारी भएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ।
सहकारी विभाग र सहकारीका हालका सञ्चालक समितिले तत्कालीन अध्यक्ष भरत महर्जनविरुद्ध सीआईबीमा उजुरी दिएपछि अनुसन्धान थालिएको हो।
उक्त सहकारीमा करिब ३५ हजार बचतकर्ताले राखेको १० अर्ब भन्दाबढी रकम महर्जनले हिनामिना गरेको सीआईबीको अनुसन्धानले देखाएको छ।
प्रतिक्रिया