
विभिन्न अदालतका न्यायाधीशहरूको सरुवा (सूचीसहित)


विभिन्न अदालतका न्यायाधीशहरूको सरुवा भएको छ।
आज(मंगलबार) न्याय परिषद्ले केही उच्च अदालत र जिल्ला न्यायाधीशहरूको सरुवा गरेको हो।
उच्च अदालत सुर्खेतका न्यायाधीश रामेश्वर रेग्मीलाई उच्च अदालत पाटनमा काज सिफारिस गर्दा उच्च अदालत सुर्खेतकै न्यायाधीश काजीबहादुर राईलाई उच्च अदालत विराटनगर, इलाम इजलासमा काज सरुवा गरेको छ।
यस्तै, उच्च अदालत तुलसीपुर, बुटवल इजलासका विष्णुप्रसाद अर्याललाई उच्च अदालत तुलसीपुरमा काज सरुवा गरिएको छ।
न्याय परिषद्ले केही जिल्ला न्यायाधीशहरूलाई सरुवा र केहीलाई काज सिफारिसपनि गरेको छ।
प्रतिक्रिया