कांग्रेस नेता बुढाथोकीको निधन
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री केशवकुमार बुढाथोकीको सोमवार राती निधन भएको छ । नेता बुढाथोकीको विराटनगरमा उपचारकै क्रममा ८० वर्षको उमेरमा सोमवार राति ११ः३० बजे निधन भएको नेपाली काँग्रेस झापाका सचिव कृष्ण हुमागाईँले जानकारी दिए ।
लामो समयदेखि प्रोस्टेटको क्यान्सरबाट पीडित नेता बुढाथोकीको पछिल्लो समय मिर्गौलामा समस्या आएका कारण उपचार गराइरहेका थिए । सेतो बाघ उपनामले चर्चित झापा अर्जुनधारा नगरपालिका निवासी नेता बुढाथोकी पञ्चायतकाल र गणतन्त्र दुवै शासन व्यवस्थामा मन्त्री थिए । नेता बुढाथोकी सामान्य प्रशासन मन्त्री, जलस्रोत सहायक मन्त्री, राष्ट्रिय पञ्चायत सदस्य, प्रधानपञ्च, जिल्ला पञ्चायत सभापति भईसकेका नेता बुढाथोकी जनतामाझ लोकप्रिय नेता रहेका थिए ।
दुई छोरा एक छोरी रहनुभएका बुढाथोकीको पार्थिक शरीरलाई आजै जिल्ला पार्टी कार्यालय झापामा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने नेपाली काँग्रेस झापाका सचिव कृष्ण हुमगाईले गोरखापत्रलाई जानकारी दिनुभयो ।
प्रतिक्रिया