
टेरामक्स खरिद प्रकरण : अख्तियारको नजरमा बस्नेत र कार्की ‘फरार’

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको नजरमा बहालवाला मन्त्री र पूर्वमन्त्री अटेरी देखिएका छन् ।
नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्र कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रकरणमा मुछिएका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत र पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बयानका लागि अटेर गर्दै आएका छन् ।
टेरामक्स प्रकरणमा मुछिएका कर्मचारी सबैले बयान दिइसक्दा पनि उनीहरूले भने अटेर गर्दै आएका हुन् । अख्तियारले ताकेता गरेपछि उनीहरू अप्ठेरोमा परेका छन् । ‘दुवै जना अहिले अख्तियारको नजरमा फरार छन्,’ अख्तियार स्रोतले भन्यो ।
मन्त्री बस्नेतलाई अख्तियारले बयानमा बोलाए पनि उनको सचिवालयले भने त्यस्तो नभएको बताएको छ । अख्तियारले बयानका लागि पटकपटक बोलाए पनि मन्त्री बस्नेत अहिलेसम्म गएका छैनन् ।
मन्त्री बस्नेतका स्वकीय सचिव रामेश्वर आचार्यले अख्तियारले बोलाएको विषय आफूलाई जानकारी नभएको बताए । आजको नागरिक दैनिकमा समाचार छ ।
- परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता, युक्रेनी सेनाको कब्जामा रहेका ७ नेपालीलाई मुक्त गर्न माग
- पश्चिमा देशहरूले फरक-फरक किसिमको व्यवहार गर्दा विश्वको शान्ति खल्बलियो : विश्व नेताहरू
- सुन तस्करीमा पाँच वर्ष जेल बसेका लामा २५ करोडसहित फेरी समातिए
- मोरङमा आगलागी परी दुई बालबालिकाको मृत्यु, ८ घर नष्ट
प्रतिक्रिया