विश्व क्यान्सर दिवसकोअवसरमा वक्तृत्वकला प्रतियोगिता

विश्व क्यान्सर दिवसकोअवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। कपिलवस्तु अर्वुदरोग (क्यान्सर) निवारण संस्थाले क्यान्सर दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको हो।

संस्थाकी सचिव इन्दिरा देवकोटा पौडेलको संयोजकत्वमा सम्पन्न प्रतियोगितमा संस्थाका अध्यक्ष राजेश ज्ञवालीको अध्यक्षता र कपिलवस्तु नगरपालिका-३ का वडाध्यक्ष प्रकाश गैरेको प्रमुख अतिथि रहेका थिए।

‘हेरचाँहमा हुने असमानताको अन्त्य गरौँ’ भन्ने मूल नाराका साथ मनाईएको उक्त कार्यक्रममा लायन्स क्लब अफ प्राचिन कपिलवस्तुका उपाध्यक्ष भगवानदास अग्रहरी, सामाजिक विकास परिषद्‍का अध्यक्ष गंगाधर आचार्य, यशोधरा माध्यमिक विद्यालयका विद्यालय ब्यवस्थापन समितिका सदस्य रामप्रित दुबे, प्रेमलता भट्टलगायतले शुभकामना मन्तव्य राखेका थिए।

प्रतियोगिताको निर्णायक मण्डलको संयोजकमा किरण कुमार देवकोटा र सदस्यमा गीता खनाल रहेका थिए। प्रतियोगितामा जिल्लाका ६ वटा माध्यमिक विद्यालयका १० जाना छात्रछात्राले सहभागीता जनाएका थिए।

वक्तृत्वकला कायक्रममा सनलाईट बोडिङ् स्कूल बगदीकी छात्रा सदिक्षा पाण्डेयले प्रथम स्थान प्राप्त गरेकी थिइन् । त्यस्तै सोही विद्यालयकी छात्र नवनित पाण्डेयले द्धित्तिय स्थान, बुद्ध ज्योती माध्यमिक विद्यालयकी छात्रा कमला भण्डारीले तृतिय स्थान र सिद्धार्थ माध्यमिक विद्यालयकी छात्रा ज्योती चौधरीले सान्त्वना स्थान प्राप्त गरेको आयोजकले जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि प्रकाश गैरेले संस्थाको उज्ज्वल भविष्यको कामना गर्दै आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए।

कार्यक्रममा शिक्षक राजेशमणि त्रिपाठी, नन्दलाल कुर्मी , एस एन त्रिपाठी, लायन्स कस्तुरा सिग्देल, अशोक गुप्ता, कमला भण्डारी, मन्जु घिमिरेलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको समापन गर्दै अध्यक्ष ज्ञवालीले संस्थालाई अगाडि बढाएर जनचेतना छर्दै अर्वुदरोग न्यूनीकरणमा सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *