राप्रपा नेपालले तत्काल संघीय संरचना खारेज गर्ने लक्ष्य लिएको छ : अध्यक्ष थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टीले संघीय संरचना खारेज गर्ने तत्कालीन लक्ष्य लिएको बताएका छन्।

देशमा कायम रहेको भ्रष्ट व्यवस्थालाई अन्त्य गरेर मुलुकमा हिन्दु राष्ट्र र राजसंस्था पुनस्र्थापनाका लागि संघीय संरचनालाई खारेज गर्नुको विकल्प नरहेको उनको जिकिर थियो।

आईतबार काठमाडौंमा पार्टीको सक्रिय सदस्यता वितरण अभियानको शुभारम्भ गर्दै अध्यक्ष थापाले संघीय संरचना खारेज गरेर स्थानीय निकायलाई बलियो बनाउँदै सुशासनको माध्यामबाट मुलुकमा आर्थिक विकास र सुशासन हासिल गर्ने आफ्नो पार्टीको लक्ष्य रहेको बताए।

अध्यक्ष थापाले भने, ‘हाम्रो तात्कालिन जिम्मेवारी भनेको देशमा कायम रहेको भ्रष्ट व्यवस्थालाई अन्त्य गर्ने र त्यसको विकल्पमा हिन्दु राष्ट्र र राजसंस्था पुनस्र्थापना गर्ने, हाल कायम रहेको संघीय संरचना खारेज गर्ने, स्थानीय निकायलाई बलियो बनाउने र देशमा भ्रष्टाचारलाई अन्त्य गरेर सुशासनको माध्यामबाट देशको आर्थिक विकास र समृद्धि हासिल गर्ने। यो उद्देश्यका साथ हामी अगाडि बढिराखेका छौं। र साथसाथै हामीले केही वर्ष भित्रमा नै राप्रपा नेपाललाई देशका अग्रणी शक्तिको रुपमा स्थापित गर्नुपर्छ। यो सबै काम सम्पन्न गर्नका लागि पार्टी संगठन बलियो हुनुपर्छ। र संगठनलाई बलियो बनाउन सक्रिय सदस्य बढी भन्दा बढी बनाउनु पर्छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *