अनलाइनमार्फत सट्टेबाजी गराउने तीन भारतीय दरबारमार्गबाट पक्राउ

प्रहरीले काठमाडौंको दरबारमार्गस्थित क्यासिनो प्यालेसबाट १ करोडभन्दा बढी रकम बराबरको विदेशी मुद्रासहित तीनजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउपर्नेमा भारतीय नागरिक गुलाब सिंह, ऋषभ पावा तथा गौरव चोपडा रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए ।

क्यासिनो प्यालेसको अण्डर ग्राउण्डमा अनलाइनमार्फत सट्टेबाजी गराएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो । उनीहरूको साथबाट १ करोड १ लाख २६ हजार रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद गरिएको ढुङ्गेलले बताए । पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरि आवश्यक अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर