प्रधानमन्त्री कप क्रिकेटः पुलिसले सुदुरपश्चिमलाई हरायो

विभागीय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाइ हराउदै विजयी भएको छ ।

मुलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा आज भएको खेलमा पुलिसले सुदुरपश्चिम प्रदेशलाई ७० रनले पराजित गर्दै प्रतियोगितामा नवौँ जित दर्ता गराएको छ । यस जितसँगै पुलिसले ९ खेलबाट १८ अङ्क जोडेको छ । पुलिस अङ्क तालिकाको शीर्ष स्थानमा छ । समान नौ खेल नै खेलको त्रिभुवन आर्मी क्लब १४ अकका साथ अङ्क तालिकाको दोस्रो स्थानमा छ । यही माघ २० गते हुने फाइनल खेलमा पुलिस र आर्मी प्रतिस्पर्धा गर्नेछन् ।

सुरुवाती ब्याटिङ गरेको पुलिसले एक सय ९९ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा सुदुरपश्चिम ३७ दशमवल १ ओभरमा सबै विकेट गुमाउदै एक सय २० रनमा समेटियो । सुदुरपश्चिमा गजेन्द्र बोहराले सर्वाधिक ३० रन बनाए भने किरण ठगुन्नाले २४ रन जोडे । त्यसैगरी नरेन साउदले २४ रन बनाएका थिए ।

बलिङतर्फ पुलिसका दीपेन्द्र सिंह ऐरीले सात विकेट लिए भने ललित भण्डारी, सागर ढकाल र ललित राजवंशीले समान एकरएक विकेट लिएका थिए । त्यसअघि टस जितेर ब्याटिङ गरेको पुलिसले ४७ दशमलव ५ ओभरमा सबै विकेट गुमाउदै एक सय ९८ रनको योगफल बनाएको थियो ।

पुलिसका लागि शङ्कर रानाले सर्बाधिक ४६ रनको योगदान दिए । कप्तान दीपेन्द्रसिंह ऐरीले ४४ रन बनाएभने अर्जुन साउदले ३२ तथा आरिफ सेखले २६ रन जोडेका थिए । सुदूरपश्चिमका शेर मल्लले तीन विकेट लिए भने नारायण जोशी, विकाश अग्री र मिलन बोहोराले समान दुई दुई विकेट लिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *