
कांग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने


नेपाली कांग्रेस संसदीय दलको बैठक शुक्रबार (माघ १९ गते) बस्ने भएको छ।
बैठक दिनको २ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने नेपाली कांग्रेस संसदीय दलले जनाएको छ।
आउँदो सोमबार (२२ माघ) संसदको अधिवेशन आह्वान गरिएको छ।
संसद बैठकपूर्व कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो।
प्रतिक्रिया