बाँसबारी प्रकरण : पक्राउ पर्नेको संख्या तीन पुग्यो, कीर्ते तथा ठगी मुद्दामा अनुसन्धान हुने
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बाँसबारी छाला जुत्ता कारखाना प्रकरणमा थप १ जना पक्राउ गरेको छ। थप पक्राउ पर्नेमा महोत्तरीका सञ्जय ठाकुर रहेका छन्।
उनी बाँसबारी छाला जुत्ता कारखानाको सञ्चालक समितिको अध्यक्ष हुन्। सो प्रकरणमा उनको संल्गनता देखिएको हुँदा उनलाई पनि पक्राउ गरिएको सीआईबीले जनाएको छ।
यस अगाडि सो प्रकरणमा आजै व्यवसायी अरुण चौधरी र अजितनारायणसिंह थापा पक्राउ परेका छन्।
चौधरीलाई सीआईबीले काठमाडौंको लैनचोरबाट पक्राउ गरेको होभने थापालाई बत्तीसपुतलीबाट पक्राउ गरेको हो।
पक्राउ परेका चौधरी सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशकसमेत हुन्।
यस्तै,थापा कारखानाका तत्कालिन सञ्चालक समिति अध्यक्ष हुन्।
सीआईबी प्रमुख किरण बज्राचार्यकाअनुसार उनीहरूलाई बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा पक्राउ गरिएको हो।
उनीहरूमाथि कीर्ते तथा ठगी मुद्दामा अनुसन्धान हुने सीआईबीले बताएको छ।
प्रतिक्रिया