६ सय बढीलाई ठगेको आरोपमा म्यानपावर सञ्चालक तामाङ पक्राउ
१८ माघ २०८० १३:३१
६ सय जनाभन्दा बढी नागरिकलाई ठगेका आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा विकास वाइबा भनिने सुजन तामाङ रेहको प्रहरीले जनाएको छ।
तामाङलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललतिपुरको ललेबाट पक्राउ गरेको बताएको छ।
वैदेशिक रोजगारीका लागि क्रोसिया,क्यानडा, पोल्यान्ड, पोर्चुगललगायतका विभिन्न मुलुक पठाइदिने भन्दै उनले ६ सयभन्दा बढी व्यक्तिसँग प्रतिव्यक्ति पाँच लाखदेखि १८ लाख रुपैयाँसम्म असुलेको आरोप रहेको छ।
उनले युरोन्स म्यानपावरका सञ्चालन गरिरहेका थिए।
प्रतिक्रिया