कर प्रशासनमा चार्टड एकाउण्टेन्सहरुलाई प्रवेश गराउन अर्थमन्त्री महत सकरात्मक
अर्थमन्त्री डा. प्रकाशशरण महतले कर प्रशासनमा चार्टड एकाउण्टेन्सहरुलाई प्रवेश गराउन सकारात्मक रहेको बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित चार्डट एकाउन्टेन्स संस्थाको २७ औं वार्षिकोत्सव एवं छैटौं दिक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले चार्टड एकाउण्टेन्सहरुले पेशागत कर्तव्य पालना गर्ने सिलसिलामा आउने लोभ, लालसा अथवा डर धम्कीबाट नहिच्किचाइ आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक वहन गर्ने हो भने सुशासन सुनिश्चित रहेको बताए।
उनले सार्वजनिक क्षेत्रदेखि लिएर निजी क्षेत्रमा समेत सुशासन सुनिश्चित हुने बताए। उनले बेरुजुको वर्गीकरण गरेर गम्भीर प्रकृतिका समस्यालाई प्राथमिकताका आधारमा समस्या समाधान गर्नुपर्ने बताए।
‘चार्टड एकाउण्टेन्सहरुले जुन प्रतिक्रिया यहाँ गर्नुभएको छ। पेशागत कर्तव्य पालना गर्ने सिलसिलामा आउने लोभ, लालसा अथवा डर धम्कीबाट किञ्चित नहिच्किचाइ आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक वहन गर्ने प्रतिज्ञा गर्दछु भनेर जुन प्रतिज्ञा गर्नुभएको छ। यो पूरा तपाईहरुले गरिदिनु भयो भने सुशासन सुनिश्चित हो,’ उनले भने,‘हाम्रो कर प्रशासनमा चार्टड एकाउण्टेनहरुलाई प्रवेश गराउनुपर्छ । त्यसले धेरै सुधार हुन्छ भन्नुभएको छ। त्यसलाई म गम्भीरताका साथ लिन्छु।’
प्रतिक्रिया