शौर्य सिमेन्टद्धारा कन्ट्रयाक्टर मिट कार्यक्रम सम्पन्न

शौर्य सिमेन्ट ईन्डष्ट्रिज लिमिटेड एवं स्काई होल्डिङ्ग बिजनेस ग्रुप पब्लिक लिमिटेडको संयुक्त आयोजनामा कन्ट्रयाक्टर मिट कार्यक्रम सम्पन्न भएको छ।

सो कार्यक्रमको सभापतित्व युवक राजभण्डारी(स्काई होल्डिङ ग्रुपका सल्लाहकार)ले गरेका थिएभने बागमती प्रदेशका पूर्वभौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भडेल, निर्माण व्यवसायी संघ भक्तपुरका अध्यक्ष कृष्णप्रसाद अवाल तथा शौर्य सिमेन्टका ब्राण्ड प्रबन्धक अनुज महत, क्षेत्रीय बिक्री प्रबन्धक रोशनबहादुर कडायतर प्राविधिक प्रमूख दिवश देवकोटा एवं भक्तपुरका विभिन्न निर्माण क्षेत्रमा कार्यरत कन्ट्र्याक्टहरू कार्यक्रममा उपस्थित भएका थिए।

कार्यक्रममा उपस्थित व्यक्तिहरूले भक्तपुरमा निर्माण हुने भौतिक संरचनामा निर्माण सामाग्रीको छनौट, बिक्री वितरण, प्रविधि मैत्री निर्माण सामाग्रीलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए।

सो कार्यक्रममा शौर्य सिमेन्टको प्रयोग, प्रविधि, गुणस्तर, उत्पादन क्रममा गरिने परिक्षण प्रविधि, वातावरण मैत्री प्राविधिक जानकारी एवम् शौर्य सिमेन्टद्वारा आयोजित विभिन्न सामाजिक व्यवसायिक उत्तरदायित्वका कार्यको पनि जानकारी गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका क्षेत्रीय बिक्री प्रबन्धक रोशनबहादुर कडायतले भक्तपुरका स्थानीयलाई सुपथ मूल्यका साथै सहज रुपमा सिमेन्टको उपलब्धता सुनिश्चित गर्न स्काई ग्रुपसँग साझेदारी गरिएको जानकारी दिएका थिए।

कार्यक्रममा देशमा आर्थिक संकटको कारणले सबै निर्माण व्यवसायीहरू असहज अवस्थामा रहेको र उत्पादक कम्पनीद्वारा सहजीकरणको अपेक्षा रहेको कुरा निर्माण व्यवसायीहरूले राखेका थिए।

सिराहाको मिर्चैयामा अवस्थित शौर्य सिमेन्ट उद्योगको उत्पादन क्षमता ४५०० मेट्रिक टन रहेको छभने दैनिक रुपमा ८०,००० बोरा सिमेन्ट उत्पादन भइरहेको कम्पनीले जनाएको छ।

नेपालकै उत्कृष्ट र सबैभन्दा ठूलो सिमेन्ट उत्पादक मध्ये एक रहेको कम्पनीले दाबी गरेको छ। कम्पनीले ४३/५३ ग्रेड ओ. पि. सि., पि. पि. सि. र पि. एस. सि. सिमेन्ट उत्पादन र बिक्री वितरण गर्दै बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर