१८ रनमा गुमायो नेपालले पहिलो विकेट
१७ माघ २०८० १४:१७
आइसीसी यू–१९ विश्वकपअन्तर्गत सुपर सिक्सको पहिलो खेल बंगलादेशविरूद्ध खेलिरहेको नेपालले १८ रनमै पहिलो विकेट गुमाएको छ।
नेपालले ओपनर ब्याट्सम्यान बिपीन रावललाई गुमाएको हो। बिपीनले १२ बल खेल्दै २ रन जोडेका थिए।
ताजा अवस्थामा नेपाल १ विकेट गुमाउदै ५.१ ओभरमा २३ रनमा खेलिरहेको छ।
प्रतिक्रिया