
बालेनले आफ्नै शिक्षा विभाग प्रमुखलाई सोधे स्पष्टीकरण


काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र उर्फ बालेन शाहले महानगरकै शिक्षा विभाग प्रमुखलाई स्पष्टीकरण सोधेका छन्।
शिक्षा विभागका प्रमुख सीताराम कोइरालासँग बालेनले निर्णय नै नभएको विषयमा कसरी निर्णय गरेको भन्दै स्पष्टीकरण सोधेको मेयर बालेनको सचिवालयले जनाएको छ।
महानगरको एक विद्यालयलाई विज्ञान संकाय संचालन गर्न कोइरालाले स्वयं अनुमति दिएको भेटिएको र अनुमति दिने अधिकार नगर शिक्षा समितिलाई हुने जसको अध्यक्ष मेयर हुने व्यवस्था भएको तर कोइरालाले आफ्नो अधिकार नभएको क्षेत्रमा पनि अनुमति दिएको भेटिएको हुँदा स्पष्टीकरण सोधिएको मेयर बालेनको सचिवालयले जनाएको छ।
यस्तै, मेयर बालेनको सचिवालयले कोइरालालाई एक साता बिदामा बस्न निर्देशन दिएको बताइएको छ।
- सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन जरूरी : प्रहरी महानिरीक्षक थापा
- तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले पठायो बजेट
- यी हुन् सशस्त्र प्रहरी महानिरीक्षक कप अन्तर्गत मंगलबार सम्पन्न खेल
- सल्लाह गरेरै डण्डि र सिमेन्ट व्यवसायीहरुले निर्माण व्यवसायमा सिन्डिकेट लगाउन खोजे : रवि सिंह
प्रतिक्रिया