पक्राउ परेको मोटरसाइकल छुटाइदिने भन्दै घुस माग्ने ‘असई’विरूद्ध मुद्दा

युरिया मलसहित पक्राउ परेको मोटरसाइकल छुटाइदिने भन्दै घुस मागेको आरोपमा एक जना प्रहरी सहायक निरीक्षक(असई)विरूद्ध मुद्दा दर्ता भएको छ।

बाँकेको प्रहरी चौकी खडैचामा कार्यरत असई गजेन्द्रसिंह भण्डारीले कृषि प्रयोजनको लागि ल्याएको युरिया मलसहित पक्राउ परेको मोटरसाइकल छुटाइदिने भनेर आठ हजार रुपैयाँ घुस मागेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

उनीमाथि अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा आठ हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवानाको सजाय समेत हुन मागदावी लिई आइतबार अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर