कामना सेवा विकास बैंकमा साइबर सुरक्षा सम्बन्धी प्रशिक्षण
१३ माघ २०८० ८:२२
कामना सेवा विकास बैंक लि.ले बैंकका सञ्चालक, उच्च व्यवस्थापन तथा विभिन्न विभागका विभागीय प्रमुखहरूलाई साइबर सुरक्षा सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नेपाल प्रहरी, साइबर ब्युरो प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवीन्द्र अर्यालले वर्तमान अवस्थामा साइबर जोखिमको पहिचान, विश्लेषण र व्यवस्थापन सम्बन्धमा प्रशिक्षण दिएका थिए ।
प्रतिक्रिया