भारतमा आज ७५ औं गणतन्त्र दिवस मनाइदै, फ्रान्सका राष्ट्रपति प्रमुख अतिथि
१२ माघ २०८० ८:१३
भारतमा आज ७५ औं गणतन्त्र दिवस मनाइदैछ । ‘विकसित भारत’ और ‘भारत–लोकतंत्र की मातृका’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ प्रमुख अतिथि रहेका छन् ।
दिवसको अवसरमा बिहान १०ः३० बजे विजयचोकबाट सुरु भई कर्तव्य मार्गमा परेड हुने भएको छ । परेडमा ७७ हजार मानिसको सहभागिता रहनेछ भने १३ हजार विशेष अतिथिलाई आमन्त्रण गरिएको जनाइएको छ ।
दिल्ली प्रहरीका विशेष प्रहरी आयुक्त (सुरक्षा) दीपेन्द्र पाठकले गणतन्त्र दिवसका लागि दिल्ली वरपर कडा सुरक्षा व्यवस्था मिलाइएको बताएका छन् ।
सन् १९५० को आजको दिन भारत सरकार अधिनियम (१९३५) हटाएर भारतको संविधान लागू भएको थियो। यो भारतको तीन राष्ट्रिय बिदा मध्ये एक हो । भारतीय संविधानका लेखक डा. भीमराव अम्बेडकर हुन् ।
प्रतिक्रिया