
५३ हजार रूपैयाँ घुससहित सबडिभिजन वन कार्यालय बाँकेका सहायक वन अधिकृत पक्राउ


सबडिभिजन वन कार्यालय, बाकेँ, राँझामा कार्यरत सहायक वन अधिकृत नारायण पार्दे करिब ५३ हजार रूपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।
सेवाग्राहीबाट लिएको ७ हजार रूपैयाँ र स्रोत नखुलेको ४५ हजार ९७५ रूपैयाँ गरी ५२ हजार ९७५ रूपैयाँसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
काठ चिरानका लागि सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस माग गरेको सूचनाका आधारमा अख्तियारको कार्यालय बुटवल, सम्पर्क कार्यालय, नेपालगञ्जबाट खटिएको टोलीले बिहीवार सो रकमसहित उनलाई नियन्त्रणमा लिएको हो ।
अख्तियारको केन्द्रीय कार्यालय, टंगालका प्रवक्ता नरहरि घिमिरेका अनुसार उनलाई नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ११ बाट नियन्त्रणमा लिइएको हो र थप अनुसन्धान भइरहेको छ ।
- सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन जरूरी : प्रहरी महानिरीक्षक थापा
- तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले पठायो बजेट
- यी हुन् सशस्त्र प्रहरी महानिरीक्षक कप अन्तर्गत मंगलबार सम्पन्न खेल
- सल्लाह गरेरै डण्डि र सिमेन्ट व्यवसायीहरुले निर्माण व्यवसायमा सिन्डिकेट लगाउन खोजे : रवि सिंह
प्रतिक्रिया