सुदूरपश्चिममा राष्ट्रियसभा सदस्य चयनका लागी मतदान शुरु

सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्य चयन गर्न मतदान शुरु भएको छ ।

राष्ट्रियसभाको निर्वाचन केन्द्र तोकिएको धनगढीस्थित प्रदेशसभा सचिवालय परिसरमा शुरु भएको मतदानमा प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामीले पहिलो मत खसालेका छन् ।

राष्ट्रियसभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा दुई सय २८ मतदाता रहेका छन् । निर्वाचन अधिकृतको कार्यालयले ५२ जना प्रदेशसभा सदस्य र १७५ जना स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षका लागि छुट्टाछुट्टै मतदान स्थल बनाएको छ ।

मतदान दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ । मतदान सकिए लगत्तै मतगणना गरिने निर्वाचन कार्यालयले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट ६ जनाले उम्मेदवारी दिएका छन् ।

सुदूरपश्चिम प्रदेशमा कुल मतभार ६१०० रहेको छ । जसमा सत्तारुढ गठबन्धनको मतभार ४४५७ रहेको छ भने एमालेको मतभार १४८० छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *