लोकतन्त्रमा बोल्दा र प्रदर्शन गर्दा गोली हान्नु लज्जाजनक : महन्थ ठाकुर

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले बालकुमारी र सर्लाहीमा प्रदर्शनका क्रममा सरकारद्वारा गोली हानेर हत्या गर्नु लज्जाजनक विषय भएको बताएका छन्।

बुधवार गजेन्द्रनारायण सिंहको २२ औं पुण्यतिथिको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सर्लाही र बालकुमारीमा प्रदर्शन गर्दा सरकारबाट गोली हानी हत्या गरिएको भन्दै सो घटनाको विरोध गरे।

उनले वाक् स्वतन्त्रताका लागि लड्नेहरूबाटै प्रदर्शन गर्दा र बोल्दा मार्ने कुरा लोकतन्त्रको पक्षमा नहुने बताए। उनले लोकतन्त्रमा बोल्ने र प्रदर्शन गर्ने सुविधा सबैलाई हुने बताए।

अध्यक्ष ठाकुरले जनसंख्याका आधारमा प्रदेश र स्थानीय सरकार बन्न नसकेको गुनासो गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *