
सेक्युरिटी प्रिन्टिङ र पेमेन्ट गेट वे भ्रष्टाचार : सुनील पौडेल र विकल पौडेल पक्राउ

सेक्युरिटी प्रिन्टिङ र पेमेन्ट गेट वे भ्रष्टाचार प्रकरणमा मुछिएका नेपाल टेलिकमका तत्कालीन कार्यकारी निर्देशक सुनील पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल पक्राउ परेका छन् ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले उनीहरूहलाई नियन्त्रणमा लिएको हो ।
२०८० असोज १५ मा अख्तियारले सुनील पौडेलसहितका व्यक्तिविरुद्ध २३ करोड २७ लाख ५८ हजार रूपैयाँ बिगो मागदाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।
त्यस्तै २०८० वैशाखमा विकल पौडेलसहितका व्यक्तिविरूद्ध करिब ७० करोड रूपैयाँ मागदाबीसहित अख्तियारले दर्ता गरेको थियो । मुद्दा दायरपछि दुवै निलम्बनमा छन् । बुधबार अख्तियारको टोलीले दुवैलाई पक्राउ गरेर आफ्नो हिरासतमा राखेको छ ।
- परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता, युक्रेनी सेनाको कब्जामा रहेका ७ नेपालीलाई मुक्त गर्न माग
- पश्चिमा देशहरूले फरक-फरक किसिमको व्यवहार गर्दा विश्वको शान्ति खल्बलियो : विश्व नेताहरू
- सुन तस्करीमा पाँच वर्ष जेल बसेका लामा २५ करोडसहित फेरी समातिए
- मोरङमा आगलागी परी दुई बालबालिकाको मृत्यु, ८ घर नष्ट
प्रतिक्रिया