अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहविरूद्ध १५ वर्षअघिकाे हत्या घटनामा पक्राउ पुर्जी जारी
नेकपा (माओवादी केन्द्र) काे विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।
सिंहविरूद्ध गत शुक्रबार नै सुर्खेत जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको हाे। १५ वर्षअघि भएको हत्याको घटनामा सिंहविरूद्ध पक्राउ पुर्जी जारी भएको हाे।
अदालतले सिंहसहित छ जनाविरूद्ध पुर्जी जारी गरेको छ।
२०६५ फागुन २६ गते साँझ कालीकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्या भएको थियो।
सुर्खेत वीरेन्द्रनगरस्थित जनमाविमा राजबहादुरको हत्या भएको थियो।
हत्याको अभियोगमा प्रहरी कार्यालयमा ६ जनाविरूद्ध किटानी जाहेरी दर्ता भएको थियो। किटानी दर्ता भएका ६ जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको हो। पदमबहादुर रावत, पञ्चा सिंह, बालकृष्ण सिंह, टंकबहादुर सिंह, वीरबहादुर मल्ल र अली कार्कीविरूद्ध पक्राउ पुर्जी जारी भएको हो। पञ्चा सिंहले भने यसबारे आफूलाई जानकारी नभएको बताएकी थिइन्।
केही दिनअघि समाचार बाहिरिएपछि उनले सामाजिक सञ्चालमार्फत यसबारे छानबिन गर्नुपर्ने भन्दै लेखेकी थिइन्।
प्रतिक्रिया