तिब्बतमा नेपाली होटल व्यवसायीको मृत्यु
४ माघ २०८० १२:०१
चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोटमा होटल सञ्चालन गर्दै आएका एक नेपालीको मृत्यु भएको छ । डोटीको जोरायल गाउँपालिका-२ घर भएका ५५ वर्षीय वीरबहादुर थापाको मृत्यु भएको हो ।
हृदयघातका कारण माघ २ गते मृत्यु भएका उनको शव आज हिल्सा हेलिकोप्टरमार्फत ल्याइएको निजका आफन्त कुमार भण्डारीले बताए । हुम्लाबाट नेपालगञ्ज हुँदै उनको शव डोटी पुर्याइने भण्डारीले जानकारी दिए ।
प्रतिक्रिया