
पशुपति जलहरी प्रकरणमा ३ लाख धरौटी तिरेर रिहा भए निलम्बित सदस्यसचिव थापा

पशुपतिनाथमा सुनको जलहरी राख्ने कार्यमा भएको भ्रष्टाचारका आरोपित पशुपति क्षेत्र विकास कोषका निलम्बित सदस्यसचिव मिलनकुमार थापा धरौटी तिरेर छुटेका छन्। विशेष अदालत स्रोतका अनुसार उनलाई ३ लाख रूपैयाँ धरौटी तिराएर पुस २५ गते थुनामुक्त गरिएको होे।
विशेष अदालतका सदस्यहरू डा. खुसीप्रसाद थारू र रामबहादुर थापाको इजलासले डेढ किलो सुन हिनामिना गरेको आरोप लागेका तत्कालीन कोषाध्यक्षसमेत रहेका मिलन थापासँग ३ लाख रूपैयाँ धरौटी मागेको थियो।
पशुपतिनाथ मन्दिरमा जलहरी राख्दा भ्रष्टाचार भएको भन्दै कोषका सदस्यसचिव थापासहित तत्कालीन सदस्यसचिव डा. प्रदीप ढकाल र अरूण श्रेष्ठविरूद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको थियो। आरोपित ढकाल र श्रेष्ठ भने अझै फरार छन्।
पशुपतिमा जलहरी राख्दा उनीहरूले १४९१.७१८ ग्राम (एक किलो ४ सय ९१ ग्राम ७ सय १८ मिलिग्राम) सुन हिनामिना गरेको अख्तियारको दाबी थियो।
याे पनि : रूँदै सदस्यसचिवले भने- पशुपतिकाे जलहरीमा १० केजी सुन नपुगे मलाई मृत्युदण्ड दिनू
- सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन जरूरी : प्रहरी महानिरीक्षक थापा
- तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले पठायो बजेट
- यी हुन् सशस्त्र प्रहरी महानिरीक्षक कप अन्तर्गत मंगलबार सम्पन्न खेल
- सल्लाह गरेरै डण्डि र सिमेन्ट व्यवसायीहरुले निर्माण व्यवसायमा सिन्डिकेट लगाउन खोजे : रवि सिंह
प्रतिक्रिया