चार्जिङ स्टेसन बनाउन निजी क्षेत्रलाई आकर्षित गर्नुपर्छ : मन्त्री बस्नेत

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युतीय सवारी साधनको चार्जिङ स्टेसन निर्माणका लागि निजी क्षेत्रलाई आकर्षित गर्नुपर्ने बताएका छन्।

आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले नेपाल विद्युत प्राधिकरणले बनाएको चार्जिङ स्टेसनले मात्रै धान्न नसक्ने भन्दै थप स्टेसन बनाउनका लागि निजी क्षेत्रको सहभागिता आवश्यक पर्ने बताएका हुन्।

उनले चार्जिङ स्टेसन निर्माणमा निजी क्षेत्रहरू आइरहेको भन्दै अझै निजी क्षेत्रलाई भित्र्याउनका लागि सरकारले वातावरण बनाउने बताए। उनले विद्युतिय सवारी साधनको प्रयोगका लागि राज्यले प्रोत्साहन गर्ने बताए।

उनले राज्यले सबै कुराको ग्यारेन्टी गरेपछि मात्रै विद्युतीय सवारी साधनको प्रयोगमा जाने भन्ने कुरा गलत भएको भन्दै प्रयोग गर्दै आइपर्ने समस्याहरू समाधान गर्दै जानुपर्ने बताए।

मन्त्री बस्नेतले विभिन्न प्रकृतिका चार्जिङ स्टेसनहरू आइरहेका भन्दै एउटै प्रकृतिको ल्याउनुपर्छ भन्न सरकारले नसक्ने बताए। जुनसुकै प्रकारको चार्जिङ स्टेसनमा पनि उपभोक्ताले सहज ढंगले चार्ज गर्न सक्ने व्यवस्था मिलाउनुपर्ने उनको भनाइ छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *