महाभारत

द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी

द्रौपदीकृष्णायाज्ञसेनीपाञ्चाली अनेक नाम थिए द्रुपद राजाका यज्ञबाट जन्मेकी एक अयोनिजा कन्या। अनि पछि भनियो उनलाई नाथहरूकी अनाथ पत्न अर्थात् पाँच नाथकी अनाथिनी। पाँच नाथ अर्थात् पञ्च पाण्डव- युधिष्ठिरभीमअर्जुननकुल र सहदेवकी साझा पत्नीपाँच राजकुमारकी पटरानी। महाभारतका सर्जकले हामीलाई बताएअनुसार उनको बडो नाटकीय तरिकाले पाँच जना कुरूवंशी पाण्डवका पुत्रहरू कौरवसँग विवाह भएको देखिन्छ।

कौरब किन भनेको भने वास्तवमा कार्यवाहक महाराजा धृतराष्ट्र र वैधानिक महाराज पाण्डुका छोराहरूलाई विभाजन गर्नका लागि धृतराष्ट्र महाराजका छोराहरूलाई कुरूका सन्तान अथवा कौरव र पाण्डुका सन्तान पाँचओटा छोराहरूलाई पाण्डव भनिएको हो। पाञ्चाल नरेश द्रुपद महाराजले आचार्य द्रोणसँग बदला वा प्रतिशोध लिनका लागि यज्ञ गरे। त्यही यज्ञबाट किशोर एक जना र किशोरी एक जना उत्पन्न भएको बताइन्छ महाभारतमा। हो, तिनै किशोरीलाई नै नामकरण गरिँदा कृष्णा भनियो जो याज्ञसेनी हुन् अर्थात् यज्ञको झर्झराउँदो ज्वालाबाट फुत्त निस्किइन्।

अर्को किशोरसँगै अर्थात् जुम्ल्याहा सन्तान। जसको नामकरण धृष्टद्युम्न भनेर गरियो। तिनै धृष्टद्युम्न नै महाभारतको युद्धमा पाण्डवतर्फका सेनापति थिए। बहिनीको राज्यप्राप्तिका लागि ज्वाईँहरूको पक्षमा लड्न गएका धृष्टद्युम्न भित्री रूपमा आचार्य द्रोणको निधनका कारक बन्नका लागि जन्मिएका पात्र थिए। यसको पनि कारण थियो किनभने द्रुपद जब महाराज भए, उनका साथी द्रोणले सहयोगको लागि केही अपेक्षासहित भेट्न जाँदा अपमान गरेका थिए।

वास्तवमा अति तीक्ष्ण छोरो अश्वत्थामाको लागि दैनिक दूध ख्वाउन एउटा दुधालु गाई चाहन्थे द्रोण अनि साथी द्रुपदले आधा राज्य दिने वाचा गरेका थिए गुरूकुलमा बस्दा। कारण थियो- द्रोण अति पढन्ता र जान्ने थिएद्रुपद पढ्नै पर्ने भएकाले गुरूकुलमा पढ्न आएका थिए। द्रोणले उनलाई सिकाउँथे जसले गर्दा उनले गुरुसँग अपमानित हुनु पर्दैन थियो। अत्यन्त खुसी भएका बेलामा द्रुपद भन्थेयदि म राजा भएँ भने साथीलाई राज्यसमेत दिएर सल्लाहकार बनाउने छु, तिमीले सिकाएको ऋण तिर्नेछु।

अनि जब द्रुपद राजा भएलाग्यो द्रोणलाई मिल्ने साथी राजा भएको छछोरो अश्वत्थामा पनि जन्मिएको छ कृपीको गर्भबाट। केही त देलान् बस्नखान र पढाउनका लागि। भित्र चाहिँ राज्यको केही भागको समेत लालसा थियो क्यारे। तर द्रुपदले अपमान गर्दै एउटा ब्राह्मणको मगन्ते गुरू मेरो कसरी साथी हुन सक्छ भन्दै लाञ्छना लगाए। त्यहीँबाट सुरू भयो प्रतिशोध। पछि उनै द्रोणाचार्यले कुरूकुलमा गुरूकुल चलाए। आफ्ना जेठान कृपाचार्यको सहयोगमा उनले राजकुमारहरूलाई मात्र पढाए। क्षत्रीय कुमारहरूलाई मात्र शिक्षा दिने प्रण गरेर उनले राजदरबारभित्रै गुरुकुल चलाए। धृष्टद्युम्नलाई पनि पढाएशिखण्डीलाई पनि पढाए कौरब र पाण्डवसँगै। सूतपुत्र कर्णलाई भने वास्ता नगरेको पाइन्छ किनभने उनी क्षत्रीय कुलका थिएनन् भन्ने थियोकारण थियो- उनी नदीमा बग्दै आएका बाबु र आमाको पत्ता नभएका बालक थिए जसलाई सुत अधिरथले पालेको थियो जो महाराज धृतराष्ट्रको रथ चलाउने सारथि थियो।

कर्णका बारेमा सबैलाई थाहा रहेछ तर सबै मौन थिए किनभने द्रोणले पनि भीष्म पितामह अर्थात् ज्येष्ठ कुरा देवव्रतले पनि भविष्य देख्थे अनि भोलिको अवस्थालाई मूल्याङ्कन गरेर मौन थिए। कर्णमा एउटा विद्रोह भित्रभित्रै दन्केको थियोधृष्टद्युम्नमा प्रतिशोध जमेको थियोकृष्णासँग पाँच जनाकी पत्नी हुनुपरेकोमा क्षुब्धता बढेको थियोदुर्योधनमा काकाका छोराहरूले राज्य गर्ने हुन् कि भन्ने कारणले जसरी हुन्छ उनीहरूलाई वैधानिक रूपमा राज्य वञ्चित गर्ने क्षूद्रता बढेको थियोशकुनीमा आफ्नी सखल्ल बहिनी गान्धारीलाई जन्मान्ध धृतराष्ट्रको जिम्मा लगाएकोमा पूरा कौरव वंशसँगै बदला लिने भित्री इच्छा थियो। शिखण्डी उभयलिङ्गी अर्थात् क्लीव राजकुमार थिए या राजकुमारी थिइन्। अघिल्लो जुनीमा अम्बाको रूपमा उनले पाएको हन्डर अर्कै छ जसका कारणले शिखण्डी भएर दु्रपद महाराजका सन्तानका रुपमा जन्म लिएको देखिन्छ।

छोरी भएर जन्मे पनि छोराजस्तै व्यवहार गरियो र विवाहसमेत भएको थियो। पछि उनको लिङ्ग परिवर्तन भयो र पुरूषको रूपमा गणना गरियो। ती पनि महाभारतमा महारथीका रूपमा लड्न आएका थिए बहिनीका पक्षमा। तर उनको लक्ष्य भनेको देवव्रत अर्थात् ज्येष्ठ कौरव भीष्म पितामहको हत्या गरेर अघिल्लो जुनीको दुःखको बदला लिनु थियो। सबैको कोही न कोहीसँग केही न केही कुरामा प्रतिशोध लिनै पर्ने देखिन्छ महाभारतको सम्पूर्ण अध्ययन गर्दा। महाभारत काव्य गणितका सूत्रझैँ फनफनी घुमेको छ परिणामका लागि र परिणाम जुन प्राप्त भएको देखाइन्छती हुनै पर्ने थिए र भए भन्ने निष्कर्ष निकालिएको छ।

द्रौपदीलाई धृष्टद्युम्नकी बहिनी नै भनौँ अबकिनभने को पहिले जन्मियो भन्दा पनि महाभारतमा धृष्टद्युम्नलाई पुरूष क्षमताको तर्फबाट नेतृत्व गर्ने बनाइयो भने कृष्णालाई प्रकृतिका तर्फबाट महाभारतको कारण बनाइयो। हो, तिनै कृष्णालाई भनियो द्रौपदीपाञ्चालीयज्ञसेनी या याज्ञसेनी। कृष्णा उनको नाम एक प्रकारले न्वारनकै भन्नुपर्‍यो। महाराज द्रुपदकी छोरी भएकीले उनलाई द्रौपदी भनियो। पाञ्चाल राज्यकी राजकुमारी भएकीले पाञ्चाली भनियो र यज्ञबाट उत्पन्न भएकीले याज्ञसेनी भनियो।

पाँचओटा ब्राह्मण कुमारहरूसँग उनको विवाह भयो जो वास्तवमा पाण्डुकुमार थिए तर थिए ब्राह्मणको भेषमा। वार्णव्रतबाट सुरुङ्को बाटोबाट भागेपछि पाण्डवको भेष राजकुमारबाट ब्राह्मण कुमार भएको थियो। त्यही भेषमा नै द्रुपद महाराजको घोषणाबमोजिमको सर्त पूरा गरेर द्रौपदीलाई स्वयंवरका लागि योग्य भएका थिए। सर्त थियो- युद्ध कौशल वा वाणको कौशल। तल पानीमा हेरेर फनफन घुमिरहेको चक्रमा रहेको माछाको आँखामा निशाना लगाउनु जो थियो। अङ्गदेशका मानार्थ राजा कर्णले त त्यो सर्तबमोजिमको कौशल पूरा गरेका थिए तर सूतपुत्र भनेर द्रौपदीले स्वयंवरमा समेत बस्न अस्वीकार गरिन्। पालो आयो ब्राह्मण कुमारको जो वास्तवमा अर्जुन थिए। उनले कौशल पूरा गरेर अरूले गर्न नसकेको काम फत्ते गरेर द्रौपदीका हकदार भए।

दिउँसभर माग्दा जेजे पाइन्छ कुमारहरूले बसेको डेरामा लैजाने र राजमाता कुन्तीको आदेशबमोजिम बाँडेर लिन्थे। यहाँ पनि राजकुमारीलाई अर्जुनले युद्ध कौशलद्वारा जिते पनि घरमा लिएर गएपछि आमालाई चकित पार्नका लागि आफूले ल्याएको चीज हेर्न अनुरोध गरे। माता कुन्तीले पाँच जना बाँडेर लिनू भनेपछि त्यहाँ असामञ्जस्य बढ्यो। कुन्तीको मुखबाट कुरो बाहिर आयोबाँडेर लिने कुरा भयो तर कसरी तएउटी राजकुमारीलाई पाँच जना कुमारहरूले कसरी बाँड्ने तसमस्या आयो। बल्ल श्रीकृष्ण र व्यासले अघिल्लो जुनीमा नै तय भएको पाँच पतिको भाग्य अहिले पूरा भएकोले यसमा कुनै अप्ठेरो नहुने बताएपछि कुरो मिल्यो र पाँचज नासँगै बेग्लाबेग्लै पाणिग्रहण सम्पन्न भएको थियो। त्यसैले पाण्डवजस्ता महारथीहरूकी रानीले चीरहरण जस्तो बेलामा मौन बस्दा भनियो- ‘पाँच नाथकी अनाथिनी’।

युधिष्ठिर धर्मराजका अंशभीम महाबली वायुकाअंश अर्जुन स्वर्गका राजा इन्द्रका अंश थिए जो कुन्तीका गर्भबाट जन्मिए। अनि माद्रीको गर्भबाट जन्मिनेमा परे नकुल र सहदेव जो जुम्ल्याहा पनि हुन् र उनीहरू जुम्ल्याहा देवता अश्विनी कुमारका सन्तान हुन्। तर त्यो बेलाको उत्तर वैदिक समयमा कूल निर्माण र निरन्तरताका लागि पतिको आदेशमा पत्नीले नियोग गरेर बच्चा जन्माउने चलन थियो। जस्तो कि मरिसकेका विचित्रवीर्यका नामबाट व्यासमार्फत अम्बिकाबाट धृतराष्ट्रअम्बालिकाबाट पाण्डु र दासीमार्फत् विदूर जन्मिएका थिए। ती तीनै जना कुमारहरूको पिताको नाम विचित्रवीर्य नै थियो। यसरी नियोगको अर्को चरणमा पाण्डुकी पत्नीहरू कुन्ती र माद्रीबाट छोराहरू जन्माइए पाण्डुको आदेशमा। त्यसैले ती सबै सन्तान पाण्डुकै मानिए र पाण्डव भनिए। त्यस्ता बच्चाहरूलाई क्षेत्रज पुत्र भनिन्थ्यो। अर्थात् जसको खेतमा अन्न उब्जियोफल्यो उही भूमिपतिको अन्न भएझैँ।

क्रमशः…

स्राेत : हरिविनाेद अधिकारी/आईएनएस-स्वतन्त्र समाचार

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *