‘प्रतीक’ साहित्यिक पत्रिकाको अस्ट्रेलिया विशेषांक ‘फायर एण्ड रेन’ विमोचन

‘प्रतीक’ साहित्यिक पत्रिकाको अस्ट्रेलिया विशेषाङ्क ‘फायर एण्ड रेन’ (आगो र वर्षा) को विमोचन भएको छ ।

बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच नेपालका लागि अस्ट्रेलियाली राजदूत फेलिसिटी भोक तथा साहित्यकार युयुत्सु आरडी शर्माले ‘प्रतीक’ साहित्यिक पत्रिकाको अस्ट्रेलिया विशेषाङ्क ‘फायर एण्ड रेन’ विमोचन गरेका हुन् ।

नेपालस्थित अस्ट्रेलियाली राजदूतावासमा आयोजित समारोहमा विमोचित विशेषाङ्कमा अस्ट्रेलियाली कवि लेखकका कविता, कथा र निबन्ध, चित्रहरूका साथै राजदूत भोकसँग सम्पादक शर्माले लिएको लामो अन्तर्वार्ता समावेश गरिएको छ ।

नेपालबाट प्रकाशन भइरहेको साहित्यिक अंग्रेजी पत्रिका ‘प्रतीक’, एसिया प्यासिफिक राइटर्स एण्ड ट्रान्सलेटर्स र रेड रूम पोयट्रीको सहकार्यमा प्रकाशित विशेषाङ्क हो । जसका सम्पादकमा साहित्यकार शर्मा, स्याली ब्रिन र जेनिफर म्याकेन्जी छन् ।

विशेषाङ्कमा प्राकृतिक र सहरी विश्वको सम्बन्धबारे चिन्ता र अनिश्चितता तथा हिंसा र कोमलतासम्बन्धी विषय अभिव्यक्त छन् । राजदूत भोकका दुई उपन्यास ‘लाइटनिङ’ (चट्याङ) र ‘डिजायर लाइन्स’ शीर्षकमा प्रकाशन पनि भइसकेका छन् ।

सो अवसरमा राजदूत तथा साहित्यकार भोकले जहाँ बसेका भए पनि मानिसको अनुभव विश्वव्यापी हुने बताउँदै ‘प्रतीक’ को अस्ट्रेलिया विशेषाङ्क नेपाल र विश्वभरका लागि अस्ट्रेलियाली लेखकहरूलाई बुझ्न पाउने एक उपहार हुने विश्वास व्यक्त गरिन् । युद्ध र जलवायु परिवर्तनको यस समयमा मानवता नै आवश्यक हुने उनले बताइन् ।

कार्यक्रममा साहित्यकार तथा ‘प्रतीक’ को विशेषाङ्कका सम्पादक शर्माले राजदूत भोक वास्तविक रूपमा भाषा, साहित्य र संस्कृतिको पनि वास्तविक राजदूत भएको विचार राख्दै उनकै सहयोगमा आदिवासी जनता, जलवायु परिवर्तन, पुर्खाका स्मृति प्रश्तुत विशेषाङ्क प्रकाशन गर्न सकिएको बताए । उनले यस विशेषाङ्कमा अस्ट्रेलियाका ३० जना लेखकहरूका कविता, कथा, निबन्धहरू समावेश रहेको बताए ।

साहित्यकार शर्माले विशेषाङ्कमा नेपाल र अस्ट्रेलियाबीचको सम्बन्ध सुदृढीकरणका साथै विश्व क्राइसिस र भायोलेन्स स्टोरीहरू समावेश रहेको बताए । पुस्तकमा जलवायु परिवर्तनले पारेका असर र वन अतिक्रमणको बारेमा लेखिएको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *