टाटा मोटर्सको एक्सचेन्ज मेला आयोजना हुँदै

नेपालका लागि टाटा मोटर्सको एक मात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा मोटर्स फन कार्निभल ३.० कार्यक्रमको आयोजना गर्न लागेको छ ।

एकैसाथ पाँच स्थानमा आयोजना हुने यस फन कार्निभलमा ईभी गाडी खरिद गरी विभिन्न किसिमका अफरहरू प्राप्त गर्न सकिनेछ ।

कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरूसँग नेपालमा सर्वाधिक रूचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त नेक्सन ईभी र टियागो ईभीलगायतका गाडीहरू साट्न सकिनेछ ।

ग्राहकको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीहरूप्रतिको रूचि तथा चाहनालाई मध्यनजर गर्दै यस मेलाको आयोजना गरिएको कम्पनीले जनाएको छ ।

मेला पुस २७ गतेदेखि २९ गतेसम्म उपत्यकाबाहिर टाटा मोटर्सको शोरूम अलास्का मोर्टस विर्तामोड, सिद्र्धाथ कटेज बुटवल, सिप्रदी ट्रेडिङ बुद्धचोक, पोखरा र टाउनहल प्लानिङ वीरगञ्जमा आयोजना गर्न लागिएको हो ।

फन कार्निभल ३.० मा टाटाका गाडी किन्ने ग्राहकहरूले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क रूपमा ईभी गाडीहरूका लागि फास्ट चार्जर, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज, सरप्राइज गिफ्ट र बम्पर उपहारमा इलेक्ट्रिकल स्कुटर प्राप्त गर्नेछन् । यस कार्निभलको मुख्य उद्देश्य भनेको ग्राहकलाई खेल तथा मनोरञ्जनमार्फत नौलो अनुभूति गराउँदै गाडी किन्ने फरक एक्सपेरियन्स प्रदान गर्नु रहेको कम्पनी बताउँछ ।

कार्यक्रमका अवसरमा ग्राहकहरूले टाटा मोटर्सका नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन् । साथै नयाँ गाडी खरिद गर्न पनि सक्नेछन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर