चारवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेन्डा

चारवटा संसदीय समितिको बैठक आज बस्दै छ ।बैठक अहिले बिहान ८ बजे सिंहदरबारमा बस्ने संसद् सचिवालयले जानकारी दिएको छ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, राज्य व्यवस्था तथा सुशासन समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्ने भएको हो ।

यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि बस्दैछ। बिहान साढे ११ बजे शिक्षा समितिको बैठकमा विद्यालय शिक्षासम्बन्धी विधेयकमाथि सरोकारवालासँग छलफल हुनेछ।

आजको बैठकमा पाठ्यक्रम विकास केन्द्र र राष्ट्रिय परिक्षा बोर्डसँग छलफल हुने समितिले जानकारी दिएको छ।

आजै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको २२ औं बैठक बस्दैछ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल हुने संसद् सचिवालयले जनाएको छ । बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *