दक्षिण एसियामा नेपालको आर्थिक वृद्धिदर कमजोर : विश्व बैंक

चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर विश्वको औसतभन्दा बढी तथा दक्षिण एसियामा औसतभन्दा निकै कम हुने देखिएको छ ।

विश्व बैंकले बुधबार सार्वजनिक गरेको प्रतिवेदनले नेपालले चालू आवमा ३.९ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण गरेको छ । जब कि यस वर्ष विश्वको औसत आर्थिक वृद्धिदर २.४ प्रतिशत एवं दक्षिण एसियाको औसत आर्थिक वृद्धिदर ५.६ प्रतिशत रहने अनुमान गरिएको छ ।

विश्व बैंकका अनुसार विगतमा आयातमा गरिएको नियन्त्रण र कसिलो मौद्रिक नीतिको प्रभाव अहिले पनि देखिएको छ । यद्यपि, यसमा गरिएको सुधारले आर्थिक वृद्धिदरमा समेत केही सुधार देखिएको हो । विश्व बैंकले गत आवमा नेपालले १.९ प्रतिशतको वृद्धिदर हासिल गरेको अनुमान गरेको छ । आगामी वर्ष भने नेपालमा ५ प्रतिशतको आर्थिक वृद्धिदर हुने विश्व बैंकको प्रक्षेपण छ ।

मूल्यृवृद्धि तथा कर्जा प्रवाह नियन्त्रणका लागि लिइएको कसिलो मौद्रिक नीति तथा लगानी एवं व्यापारमा देखिएको शिथिलताले यस वर्ष पनि विश्वको आर्थिक वृद्धिदर खुम्चने विश्व बैंकको विश्लेषण छ । विगत तीन आर्थिक वर्षयता विश्वको आर्थिक वृद्धिदर निरन्तर ओरालो लागिरहेको छ ।

विश्वको आर्थिक वृद्धिदर सन् २०२३ मा २.६ प्रतिशत र २०२२ मा ३ प्रतिशत रहेको थियो । दक्षिण एसियाको वृद्धिदर पनि तीन वर्षयता निरन्तर घटिरहेको छ । दक्षिण एसियाको आर्थिक वृद्धिदर सन् २०२३मा ५.७ प्रतिशत र सन् २०२२ मा ५.९ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर