रामबहादुर बम्जनलाई सीआईबीले गर्‍यो सार्वजनिक

पाँचजना व्यक्ति बेपत्ता र अनुयायीमाथि यौन शोषण आरोप लागेपछि लामो समयदेखि फरार रहेका रामबहादुर बम्जनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सार्वजनिक गरेको छ।

मंगलबार राति काठमाडौंको हात्तीगौंडास्थित घरबाट पक्राउ परेका आफूलाई तपस्वी बताउने बम्जनलाई सीआईबीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो।

मंगलबार बुढानीलकण्ठस्थित घरबाट पक्राउ परेका बम्जनमाथि सर्लाही जिल्ला अदालतले २०७६ सालमा पक्राउ पुर्जी जारी गरेको थियो ।

बम्जनलाई पक्राउ गर्न सीआईबी पटक पटक असफल हुँदै आएको थियो। यस पटक उनी काठमाडौंको हात्तीगौंडास्थित घरबाटै समातिएका हुन् ।

उनीमाथि बाल यौन दूराचारको आरोप रहेको छ । सीआईबीका अनुसार उनलाई छिट्टै सर्लाही जिल्ला अदालतमा पेश गर्ने तयारी गरिएको छ।

प्रहरीले बम्जनसँगै उनको घरबाट ३ करोड ३ लाख ७५ हजार ५०० रुपैयाँ र विभिन्न १७ देशका मुद्रा गरी ३० लाख ९२ हजार ४०६ रुपैयाँ बरामद गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *