नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, काे कहाँ ?
२५ पुष २०८० ८:२०
गृह मन्त्रालयले १६ प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरेको छ। मंगलबार मन्त्रीस्तरीय निर्णयबाट जनपद प्रहरी समूहका डिआइजीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
सरुवासँगै सातै प्रदेशका प्रहरी प्रमुख फेरिएका छन्।
कोसीमा चन्द्र कुबेर खापुङ, मधेशमा यज्ञ विनोद पोख्रेल, बागमतीमा विष्णु कुमार केसी, गण्डकीमा विकासराज खनाल, लुम्बिनीमा कुबेर कडायत, कर्णालीमा लालमणि आचार्य र सुदूपश्चिममा रविन्द्र केसी प्रदेश प्रहरी प्रमुखका रुपमा आउने छन्।
प्रतिक्रिया