दुई सय रुपैयाँले घट्यो सुनको मूल्य

आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार तेजाबी र छापावाला सुन प्रतितोला दुई सय रुपैयाँले घटेको छ ।

यस्तैगरी, चाँदीको मूल्य आज स्थिर छ । सोमबार प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्य कायम छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर