लोकसेवा आयोगले माग्यो २४ पदका लागि कर्मचारी

कर्णाली प्रदेश लोक सेवा आयोगले विभिन्न २४ पदका लागि दरखास्त आह्वान गरेको छ ।

आयोगले आज एक सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि सार्वजनिक सूचनामार्फत दरखास्त आह्वान गरेको छ ।

आयोगले प्रशासन सहायक, लेखा सहायक, लेखापाल, आन्तरिक लेखा परीक्षक गरी २४ पदका लागि दरखास्त आह्वान गरेको हो ।

आयोगले कर्णालीका विभिन्न स्थानीय तहमा रिक्त पदहरूका लागि यो दरखास्त आह्वान गरेको हो । न्यूनतम योग्यता पुगेका नेपाली नागरिकले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत माघ १५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर