
रूसी सेनामा कार्यरत थप तीन नेपालीको मृत्यु

युक्रेनसँग युद्धरत मुलुक रूसको सेनामा कार्यरत थप तीन जना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ।
मन्त्रालय स्रोतका अनुसार स्याङ्जाका हरि अर्याल, धादिङका राजकुमार गिरी र कैलालीका भरतबहादुर शाहको मृत्यु भएको हो।
योसँगै रूसी सेनामा भर्ना भई मृत्यु हुने नेपालीको संख्या ९ पुगेको छ। मृतकहरूबारेकाे विस्तृत विवरण केही बेरमा जानकारी गराइने परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया