आठौं घरजग्गा मेलामा २ अर्ब ५० करोड बढीकाे कारोबार, ४० हजार बढीले गरे अवलोकन

आठौं घरजग्गा मेलामा २ अर्ब ५० करोड रूपैयाँभन्दा बढीको कारोबार भएको छ ।

पुस १२ गतेदेखि सञ्चालन भएको ४ दिने मेलामा २ अर्ब ५० करोड रूपैयाँभन्दा बढीको कारोबार भएको नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष विदूर धमलाले बताए । उनले ४० हजारभन्दा बढीले मेला अवलोकन गरेको बताए।

उनले मेला सोचेको भन्दा पनि राम्रो भएको बताए। उनले मेलामा क्रेताहरू र विक्रेताहरू एकै ठाउँमा भेला भई सबै कुरा जानकारी लिएर आफूले लगानी गर्न पाउनु राम्रो भएको बताए।

उनले अर्को पटकको एक्स्पोमा झनै विशेष सुविधा र छुटसहित गर्ने प्रतिबद्धता जनाए। लिखित र मौखिक रूपमा सरकारले केही गरोस् भनेर सुझाव दिए पनि काम नबनेपछि व्यवसायीहरू सबै मिलेर मेला गर्दा सफल भएको बताए। उनले २०७६ सालमा भएको मेलामा भन्दा १.५ प्रतिशत बढी व्यापार गरेको बताए।

उनले मेलाबाट आशावादी हुने ठाउँ धेरै रहेको बताए। आठौं घरजग्गा मेला पुस १२ गतेदेखि सञ्चालन भएको थियो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर