डेडिकेटेड र ट्रंकलाइनको समस्या तत्काल समाधान गर्न जेटीयूसीसीको माग

संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी) ले डेडिकेटेड र ट्रंकलाइनसम्बन्धी विवादमा नेपाल विद्युत प्राधिकरण र व्यवसायीहरूबीच छलफलको माध्यमबाट समाधान निकाल्न माग गरेको छ ।

आइतबार संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको छैटौं ट्रेड युनियन सम्मेलनबाट नवनिर्वाचित अध्यक्ष योगेन्द्र कुँवरले सरकारसँग यस्तो माग गरेका हुन्।

उनले नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको महसुल बक्यौता रकम उठाउनका लागि उद्योगहरूको लाइन काट्दा हजारौं श्रमिकहरूले रोजगारी गुमाउनु परेको भन्दै प्राधिकरण र व्यवसायीहरूबीच संवादको माध्यमबाट समस्या समाधान गर्न माग गरे।

उनले उद्योगी व्यवसायीहरूबीच डेडिकेटेड र ट्रंकलाइनको महसुल बक्यौता रकमसम्बन्धी ठूलो समस्या रहेको बताए। उनले व्यवसायीहरू र प्राधिकरणबीचको समस्याले हजारौं श्रमिकहरू सडकमा आउनुअघि सरकारले तत्काल समाधान गर्नु आवश्यक रहेको बताए। उनले डेडिकेटेड र ट्रंकलाइनको महसुल बक्यौता रकम सम्बन्धमा सरकारले हस्तक्षप गरेर निचोड निकाल्नुपर्नेब बताए।

उनले श्रमिकहरूको समस्या समाधान गर्नु सबैको जिम्मेवारी भएको बताए। उनले युनियनको नेतृत्वलाई श्रमिकको समस्या समाधान गर्ने अवसरको रूपमा लिएको बताए।

उनले युनियनमा सबैको साथ लिएर समग्र ट्रेड युनियनको मूल्यमान्यता र आदर्शभित्र रहेर समर्पणका साथ जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता पनि जनाए।

उनले नेपालको ट्रेड युनियन अधिकार प्राप्तिका लागि राजनीतिभन्दा माथि उठेर ट्रेड युनियनहरूले काम गर्न आवश्यक रहेको बताए। उनले नीतिगत तथा पूर्वाधार निर्माणमा भएको ग्यापका विषयमा समीक्षा गर्न आवश्यक रहेको पनि बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर