नागरिकको अवस्था परिवर्तनका निम्ति सरकार अहोरात्र खटिरहेको छ : मन्त्री गुरूङ

सहरी विकासमन्त्री सीता गुरूङले सरकार नागरिकको अवस्था परिवर्तनका लागि अहोरात्र खटिरहेको बताएकी छन्।

आइतबार काठमाडौंको टुँडिखेलमा आयोजित तमु ल्होसार महोत्सव-२०८० लाई सम्बोधन गर्दै मन्त्री गुरूङले नागरिकको बढ्दो असन्तुष्टि र नकारात्मक टिप्पणीहरूप्रति सरकार सजग रहेको बताइन्।

उनले केही भएको छैन र केही हुँदैन भन्ने भाष्य गलत रहेको उल्लेख गर्दै विगतका दिनहरूमा भन्दा अहिले राम्रो हुँदै गइरहेको बताइन्।

उनले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशी सहभागिता जोगाउने चुनौती रहेको पनि बताइन्। उनले संविधानलाई संस्थागत गर्न सबैले साझा संकल्प गर्नुपर्ने बताइन्।

मन्त्री गुरूङले नेपालको सांस्कृतिक मूल्य र मान्यताहरूलाई बचाउनुपर्नेमा जोड दिइन्। उनले धार्मिक र सांस्कृतिक सम्पदा र संस्कृतिलाई जोगाएर लानुपर्ने बताइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *