बालकुमारी घटना : गृहमन्त्रीले राज्य व्यवस्था समितिमा जवाफ दिने

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बालकुमारी घटनाको विषयमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल गर्ने भएको छ। शुक्रबार ललितपुरको बालकुमारीमा प्रहरीले गोली लागेर दुई युवाको मृत्यु भएपछि सरकारको आलोचना भइरहेको छ।

भाेली बिहान साढे ९ बजे सिंहदरबारमा बस्ने बैठकमा गृहमन्त्री श्रेष्ठलाई छलफलका बोलाइएको हाे।

छलफलका लागि गृहमन्त्रीसहित तीनवटै सुरक्षा निकायका प्रमुखलाई पनि बोलाइएको समितिले जनाएको छ। यो समितिको सभापति कांग्रेस नेता रामहरी खतिवडा छन्। श्रमका लागि कोरिया जाने भाषा परीक्षामा सहभागी नगराएको भन्दै युवाहरूले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा शुक्रबार ललितपुरको बालकुमारीमा दुई जनाको ज्यान गएको थियाे।

प्रहरीले गोली र लाठी प्रहार गर्दा दैलेखको महाबु गाउँपालिका–६ का २३ वर्षीय सुजन रावत र अछाम चौरपाटी गाउँपालिका–१ का २३ वर्षीय वीरेन्द्र शाहको ज्यान गएको थियाे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर