
महानगरमा बनाउनुपर्ने सांस्कृतिक सम्पदा दुई वर्षभित्र बनाइसक्छौं : मेयर महर्जन


ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महानगर क्षेत्रमा बनाउनुपर्ने सांस्कृतिक सम्पदाहरूको निर्माण दुई वर्षभित्रमा पूर्ण हुने बताएका छन्।
शुक्रबार ललितपुर-१९ को सद्भाव मेला उद्घाटन गर्दै उनले महानगर क्षेत्रभित्रमा बनाउनुपर्ने मठमन्दिर, शिवालय, देवालयहरू अबको दुई वर्षभित्र बनाएर सक्ने प्रतिबद्धता जनाए।
उनले महानगरपालिकालाई स्मार्ट सिटी बनाउने उद्देश्यअनुसार आफू अघि बढिरहेको बताए।
उनले महानगरको नीतिअन्तर्गत पोखरीहरू मास्न नदिने स्पष्ट पारे। उनले ललितपुर महानगरले सम्पदाको क्षेत्रमा धेरै काम गरिसकेको र लगभग १४० वटा पाटीपौवा बनाइसकेको बताए।
मेयर महर्जनले महानगरभित्रका कुनै पनि सार्वजनिक सम्पदा मास्न नदिने पनि बताए।
प्रतिक्रिया